सिद्धार्थ बैंकले रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ३ अर्ब ८ करोड रुपैयाँ रहेको थियो । यो प्रतिशेयर २४.१० प्रतिशत बराबर हो । बैंकको नाफा बढ्नुमा व्याज आम्दानी तथा शुल्क तथा ब्याज आम्दानीमा आएको सुधार नै मुख्य कारण देखिएको छ ।
यो अवधिमा बैंकले ८ अर्ब ४३ करोड खुद ब्याज आम्दानी, १ अर्ब ६४ करोड बराबरको शुल्क तथा ब्या आम्दानीतर्फ आर्जन गरेको छ । यो वर्ष बैंकको कर्मचारी खर्च, सञ्चालन खर्च लगायत समेत सामान्य बढेको छ । निष्क्रिय कर्जा अनुपात बढ्दा इम्पेरिमेन्ट चार्ज समेत बढेको छ । यसका बाबजुद बैंकको नाफा बढेको हो ।
नाफा उच्च देखिए पनि बैंकको वितरणयोग्य केही कम छ । यो वर्ष बैंकले १ अर्ब ८६ करोड रुपैयाँ मात्रै लाभांश वितरण गर्न सक्ने देखिएको छ । यो प्रतिशेयर १३.२२ रुपैयाँ हो । बैंकले असार मसान्तसम्म २ खर्ब ८० अर्ब रुपैयाँ कर्जा सङ्कलन गरी २ खर्ब १४ अर्ब रुपैयाँ कर्जा सङ्कलन गरेको छ । यो अनुसार सीडी अनुपात ७६.९२ प्रतिशत रहेको देखिन्छ ।
१४ अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीसँग रिजर्भ फन्डमा १५ अर्ब ४ करोड रुपैयाँ रहेको छ । यसअनुसार बैंकको नेटवर्थ २१९ रुपैयाँ रहेको छ । बैंकको कस्ट अफ फन्ड ४.३९ प्रतिशत, बेसरेट ६.४२ प्रतिशत र ब्याजको स्प्रेडदर ३.९८ प्रतिशत रहेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात २.६२ प्रतिशत र पुँजी कोष अनुपात ११.७७ प्रतिशत रहेको छ ।


