Banijya News

६६ करोड नोक्सानीमा घोराही सिमेन्ट

1
1.2K Shares

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नोक्सानी अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय रूपमा घटेको छ।

अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४४ करोड रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीले गत आर्थिक वर्षमा ६६ करोड रुपैयाँ नोक्सानीमा सीमित रहन सफल भएको छ। बिक्री आम्दानीमा कमी आए पनि कम्पनीको नोक्सानी घट्नुले वित्तीय सुधारको संकेत देखिएको छ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १२.७९ प्रतिशतले बढेर ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। यस्तै, कम्पनीको कुल नाफा २३२.५४ प्रतिशतले वृद्धि भएको छ। तर, सोही अवधिमा वित्तीय खर्च १७.१० प्रतिशतले बढेर ८९ करोड २० लाख रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ। गत असार मसान्तसम्मको तथ्यांकअनुसार कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४६ पैसा र प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ४७ पैसा रहेको छ।

1

Scroll to Top