Banijya News

यति एयरलाइन्सले गर्यो ४ अर्ब ११ करोड रुपैयाँको व्यापार

1
1.1K Shares

आन्तरिक हवाई उडानको सेवा दिँदै आएको यति एयरलाइन्सले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा ४ अर्ब ११ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२४ मा ४ अर्ब २५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तैसन् २०२३ मा ३ अर्ब ७७ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ९२ करोड रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनी नेपालको आन्तरिक हवाई उडान क्षेत्रको दोस्रो ठूलो कम्पनी हो । यतिले नेपाली बजारको १७ प्रतिशत बजार हिस्सा ओगटेको छ । कम्पनीले उक्त बजार हिस्सा सन् २०२३ मा सेवा दिए अनुसारको रहेको जनाएको छ । त्यस्तै सन् २०२४ मा बजार हिस्सा २१ प्रतिशत पुगेको जनाएको छ । कम्पनीअनुसार सन् २०२४ मा यात्रुहरुको संख्या बढ्न गई बजार हिस्सा २१ प्रतिशत पुगेको उल्लेख गरेको छ ।

त्यस्तै गत आवमा पनि यात्रुहरुको संख्या बढ्दा व्यापारमा उल्लेख्य वृद्धि भएको छ । गत आवमा यात्रुहरुको अकुपेन्सी ८२ प्रतिशत पुगेको जनाएको छ । सन् २०२३ मा ७८ प्रतिशत थियो । व्यापार बढ्नुको मुख्य कारण नयाँ दुई वटा एयरक्राफ्ट सञ्चालनमा ल्याउनु रहेको छ । कम्पनीले सन् २०२४ मा दुई वटा एटीआर ७२ एयरक्राफ्ट सञ्चालनमा ल्याएसँगै ७ वटा एयरक्राफ्टले उडान सेवा दिँदा व्यापार सकारात्मक रहेको जनाएको छ । सो एयरक्राप्ट खरिद गर्न १ अर्ब ७० करोड रुपैयाँ लगानी गरेको कम्पनीको भनाइ छ ।

सन् २०२४ मा नयाँ एयरक्राफ्ट सञ्चालनमा ल्याएसँगै सन् २०२५ को तेस्रो त्रैमासिकसम्ममा वार्षिक २९ प्रतिशतले व्यापार बढेको जनाएको छ । कम्पनीले सन् २०२४ मा २ प्रतिशतले खुद नाफा कमाएको थियो । सन् २०२५ मा कुल व्यापारको ५.४७ प्रतिशत नाफा कमाएको छ ।

कम्पनीका अनुसार सन् २०२३ देखि सन् २०२५ सम्ममा १४ प्रतिशतले यात्रु बढेका छन् व्यापार २७ प्रतिशतले बढेको छ ।

सन् २०२३ को जनवरीमा कम्पनीको एउटा एयरक्राफ्ट पोखरामा दुर्घटना भएको थियो । उक्त दुर्घटनाले कम्पनीको व्यापारमा उच्च असर परेको थियो । सन् २०२१ र २०२२ को तुलनामा सन् २०२३ मा बजार हिस्सा कम भएको थियो ।

1

Scroll to Top