Banijya News

तोलामा एक सय रुपैयाँले घट्यो सुनको भाउ

1
1.1K Shares

घरेलु बजारमा आज सुन तुलनामा १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँमा भईरहेको जनाएको छ ।

अघिल्लो दिन भने सुनको मूल्य १३ सय रुपैयाँले घटेको थियो । उक्त दिन एक तोला सुनको मूल्य १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज २० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३२५ रुपैयाँ कायम भएको छ ।

1

Scroll to Top