Banijya News

तोलामा सय रुपैयाँले बढ्यो सुनको मूल्य

1
1.1K Shares

नेपाली बजारमा बिहीबार (साउन २९) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन सुनको मूल्य तोलाको एक लाख ९६ हजार ८०० रुपैयाँ कायम छ । बुधबार (साउन २८) छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

1

Scroll to Top