Banijya News

सुन चाँदीको भाउमा उच्च गिरावट, कति पुग्यो ?

1
1.0K Shares

नेपाली बजारमा आज बिहीबार सुन चाँदीको भाउमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले घटेको छ ।

योसँगै प्रतितोला आज सुन २ लाख ७८ हजार ३ सय रुपैयाँ कायम भएको छ । हिजो सुन तोलामा २ लाख ८३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा २५० रुपैयाँले घटेको छ । भाउ घटेसँगै आज चाँदी तोलामा ४ हजार २३५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलमा ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।

1

Scroll to Top