हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको १२ महिनामा ९५ करोड ३२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा १६१ दशमलव १३ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले ३६ करोड ५० लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीको सञ्चालन नाफा करिब १६७ प्रतिशत बढी भएको छ ।
अघिल्लो वर्ष ४८ करोड ३२ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष १ अर्ब २८ करोड रुपैयाँभन्दा बढी यो नाफा गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ७ करोड ३४ लाख १ हजार रुपैयाँ छ भने अदर इक्वीटी १ अर्ब १० करोड रुपैयाँभन्दा बढी छ ।
कुल सम्पत्ति ४ अर्ब ५७ करोड रुपैैयाँभन्दा बढी रहेको कम्पनीको कुल चालू दायित्व रकम ३४ करोड ५८ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी ३१ रुपैयाँ २ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १३५ रुपैयाँ ८४ पैसा छ ।


