Banijya News

आरविवि म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको लाभांश प्रस्ताव

1
1.1K Shares

राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रबद्र्धन गरिएको आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाको प्रतिफल सार्वजनिक भएको छ । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले आरविवि म्युचुअल फण्ड १ का लागि २० प्रतिशत र आरविवि म्युचुअल फण्ड २ को लागि १३ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

उल्लेखित प्रतिफल कर समेत रहेको जानकारी योजना व्यवस्थापकले गराएको छ । प्रस्तावित प्रतिफल प्रयोजनका लागि भने बुक क्लोजको मिति तय हुन बाँकी छ । आरविवि म्युचुलअ फण्ड १ योजना ७ वर्षे अवधिको र आरविवि म्युचुअल फण्ड २ १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना हो ।

1

Scroll to Top