Banijya News

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले जोय स्टोरमा विशेष छुट पाउने

1
1.1K Shares

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले जोय स्टोरमा विशेष छुट सुविधा पाउने भएका छन्। काठमाडौं महानगरपालिका–२२, न्युरोडमा रहेको जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट पाउने सम्झौता भएको छ। कर्मचारी तथा ग्राहकहरुले आइफोन म्याकबुकमा ५ प्रतिशत छुट पाउनेछन्।

यस्तै आइफोन र र म्याकबुककf पार्टपुर्जामा क्रमशः ५ र २० प्रतिशत छुट पाउनेछन्। बैंकका क्रेडिट कार्ड बाहकहरुलाई इन्स्ट्रा पे स्किमबाट किस्ताबन्धी सुविधा दिइने भएको छ।

उक्त छुट सुविधा जोय स्टोरमा प्राप्त गर्न सकिनेछ। सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरु दत्त शर्मा तथा प्रभु बैंकको चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ हस्ताक्षर गरे।

1

Scroll to Top