Banijya News

तोलामा १६ सय रुपैयाँले घट्यो सुनको भाउ

1
1.1K Shares

बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको हो ।

हिजो १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउपनि घटेको छ । हिजो २३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले घटेर २२५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

1

Scroll to Top