Banijya News

भदौ २३ देखि हकप्रद सेयर निष्काशन गर्दै सिटि होटल

1
1.1K Shares

नेप्सेमा सूचीकृत सिटि होटल लिमिटेडले पूँजी संरचना सुदृढीकरण र ऋण भुक्तानीको उद्देश्यले ठूलो परिमाणको हकप्रद सेयर बजारमा ल्याउन लागेको छ। कम्पनीले हकप्रद सेयरमार्फत थप पूँजी जुटाउन लाग्दैछ।

कम्पनीले हाल कायम १० कित्ता बराबर ८ कित्ता (८० प्रतिशत) को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो। यसअनुसार कुल १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता सेयर (प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ) निष्काशन हुनेछ।

यस प्रयोजनका लागि कम्पनीले साउन २७ गते बुकक्लोज गरिसकेको छ। त्यसैले साउन २६ गतेसम्म नेप्सेमा सेयरधनी बनेका लगानीकर्ताले मात्र आवेदन दिन सक्नेछन्। हकप्रदमा आवेदन दिने अवधि भदौ २३ गतेदेखि असोज १२ गतेसम्म रहनेछ।

यस हकप्रद निष्काशनमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई CARENP BB– (डबल बी माइनस) इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड तोकिएको छ। लगानीकर्ताले प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणाली प्रयोग गरी र ‘मेरो सेयर’ अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी बढेर ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ।

हकप्रद सेयर निष्काशनमार्फत संकलित रकम कम्पनीले ऋण भुक्तानीमा प्रयोग गर्ने योजना बनाएको छ।

1

Scroll to Top