Banijya News

आन्दोलनकारीको आक्रमणका बाबजुद बचेको उद्योग मन्त्रालय

1
1.2K Shares

सिंहदरबारमा भएको जेनजी आन्दोलनकारीहरूको आक्रमणका क्रममा अधिकांश मन्त्रालयहरूमा तोडफोड र आगजनी भएको छ। तर आन्दोलनकारीहरूको आक्रोशबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय भने सुरक्षित छ। सिंहदरबारस्थित एक मात्र पूर्णरूपमा नोक्सानीबाट बचेको मन्त्रालय उद्योग मन्त्रालय रहेको छ।

प्रदर्शनकारीहरूले प्रवेश गरी विभिन्न मन्त्रालयहरूमा आक्रमण सुरु गरेका थिए। गृह, स्वास्थ्य, कृषि, ऊर्जा, पर्यटन लगायतका मन्त्रालयमा कागजात जलाइएको, कम्प्युटरहरू तोडिएको र भौतिक संरचनामा क्षति पुगेको बताइएको छ।

तर, उद्योग मन्त्रालयतर्फ कुनै पनि आक्रमण नगरेको देखिएको छ। हालसम्म सिंहदरबारभित्र सातभन्दा बढी मन्त्रालयमा क्षति पुगेको पुष्टि भएको छ भने सरकारी सञ्चार र सेवामा समेत असर परेको छ।

प्रायः सबै मन्त्रालयको कामकाज प्रभावित पारिरहेको बेला, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने पूर्ण रूपमा सुरक्षित रही नियमित रूपमा काम सञ्चालन गरीरहेको छ । कर्मचारीहरूले सामान्य दिनझैं कार्यालय सञ्चालन गरिरहेका छन्।

1

Scroll to Top