Banijya News

अझै नोक्सानीमा सरकारको स्वामित्वका १५ सार्वजनिक संस्थान

1
1.2K Shares

नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका ४५ संस्थानमध्ये २८ संस्थान नाफामा रहँदा १५ संस्थान नोक्सानमा छन्   ।

गत आवमा २८ संस्थानहरूको खुद नाफा ११.५० प्रतिशतले घटेको छ । सोही समयमा नोक्सानमा रहेका १५ संस्थानको कुल नोक्सान भने ८.६५ प्रतिशतले बढेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा संस्थानहरूको कुल नाफा ४८ अर्ब ९२ करोड रहेकोमा २०८०/८१ मा यो घटेर ४२ अर्ब ६२ करोड रुपैयाँमा झरेको छ । जुन १२.८८ प्रतिशतले कमी हो ।

केन्द्रीय बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनले दुई संस्थानबाट भने विवरण उपलब्ध हुन नसकेको उल्लेख छ ।

नाफा कमाउने प्रमुख संस्थानमध्ये नेपाल विद्युत् प्राधिकरणले १० अर्ब ५३ करोड, नेपाल आयल निगमले ९ अर्ब ५५ करोड, नेपाल दूरसञ्चार कम्पनीले ६ अर्ब २३ करोड, निक्षेप तथा कर्जा सुरक्षण कोषले ४ अर्ब ६५ करोड र नागरिक लगानी कोषले १ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएका छन् ।

त्यसैगरी, कृषि विकास बैंकले २ अर्ब ९० करोड, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५५ करोड र नेपाल नागरिक उड्डयन प्राधिकरणले ३ अर्ब ३९ करोड नाफा कमाएका छन् । गत वर्ष सार्वजनिक संस्थानहरूको कुल सेयरधनी कोष तथा सरकारको सेयर–ऋण लगानी पनि वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा सरकारको लगानी ५.९ प्रतिशतले बढेको उल्लेख गरिएको छ ।

लाभांश आयमा भने ठूलो गिरावट देखा परेको छ । सरकारलाई आर्थिक वर्ष २०७९/८० मा १३ अर्ब ७६ करोड रुपैयाँ लाभांश प्राप्त भएकोमा २०८०/८१ मा यो घटेर ८ अर्ब ८४ करोडमा पुगेको छ । गत वर्षमा नेपाल दूरसञ्चार कम्पनीबाट ६ अर्ब ५९ करोड, राष्ट्रिय वाणिज्य बैंकबाट ८५ करोड ९८ लाख र नेपाल स्टक एक्सचेन्जबाट ३७ करोड ५४ लाख रुपैयाँ सरकारलाई लाभांश प्राप्त भएको थियो । यस्तै, सार्वजनिक संस्थानहरूको खुद सञ्चित नाफा भने ४१ प्रतिशतले बढेर ९२ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो ६५ अर्ब ७५ करोड थियो ।

सार्वजनिक संस्थानहरूको तथ्यांकलाई हेर्दा कर्मचारीहरूलाई सेवा निवृत्तिभरण, उपदान, बिदा, बिमा तथा औषधोपचारजस्ता सुविधाका लागि व्यवस्था गर्नुपर्ने दीर्घकालिन दायित्व बढेको छ । यस्तो दायित्व गत आव मात्रै १८.४ प्रतिशतले वृद्धि भई ६२ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो दायित्व ५२ अर्ब ८७ करोड रुपैयाँ थियो ।

समग्रमा आर्थिक वर्ष २०८०/८१ सार्वजनिक संस्थानहरूको नाफामा गिरावट, नोक्सानीमा वृद्धि तथा लाभांश आयमा कमी देखिए पनि सञ्चित नाफा तथा सरकारको लगानी भने उकालो लागेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

अझै नोक्सानीमा १५ सार्वजनिक संस्थान

Scroll to Top