Banijya News

सरकारले दिएको बजेट अपुग हुने भएपछि आयोगद्धारा थप बजेट माग

1
1.2K Shares

आसन्न आम निर्वाचनको तयारीका क्रममा निर्वाचन आयोगले सरकारले उपलब्ध गराएको बजेट अपुग भएको भन्दै रकम थप गर्न गृह मन्त्रालयमार्फत पुनः प्रस्ताव पठाएको छ।

आयोगका सहप्रवक्ता प्रकाश न्यौपानेका अनुसार निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च व्यवस्थापन गर्न सरकारले दिएको बजेट कम हुने भएपछि आयोगले थप बजेटका लागि अनुरोध गरेको हो।

आयोगले निर्वाचन सञ्चालनका लागि सुरुमा ७ अर्ब ८१ करोड रुपैयाँ माग गरेको थियो। जसमध्ये सरकारले हालसम्म ४ अर्ब ९६ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ। सरकारले दिएको बजेट अपुग हुने भएपछि आयोगले फेरि १ अर्ब ९० करोड रुपैयाँसम्मको बजेट थपका लागि सरकारसँग अनुरोध गरेको सहप्रवक्ता न्यौपाने जानकारी दिए।

1

Scroll to Top