Banijya News

जेनजी आन्दोलनको क्षतिको चार अर्ब बीमा दाबी भुक्तानी

1
1.1K Shares

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरुमा कुल ३ हजार २५५ वटा बीमा दाबीको करिब २३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ दाबी परेको छ। यसमध्ये हालसम्ममा अग्रिम भुक्तानीसमेत गरी कम्पनीहरुबाट करिब ४ अर्ब २ करोड रुपैयाँ दाबी रकम बीमितलाई भुक्तानी भएको छ।

प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरुबाट प्राप्त अद्यावधिक तथ्यांकअनुसार १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुबाट अग्रिम भुक्तानीसमेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९५ वटा दाबीको दाबी रकम करिब १९ अर्ब ३ करोड ४१ लाख रुपैयाँमध्ये करिब ३ अर्ब ९ करोड ४७ लाख रुपैयाँ र मोटर बीमातर्फ २ हजार २९५ वटा दाबीको दाबी रकम करिब ३ अर्ब ४४ करोड १० लाख रुपैयाँमध्ये ८४ करोड ८५ लाख रुपैयाँ भुक्तानी भएको छ।

यसैगरी इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको करिब ५५ करोड ४ लाख रुपैयाँ दाबी रकममध्ये करिब ६ करोड ६९ लाख रुपैयाँ, परिवहन बीमातर्फ १२ वटा दाबीको करिब १ करोड ६९ लाख रुपैयाँ दाबी रकममध्ये करिब ४८ लाख रुपैयाँ र अन्य बीमातर्फ ४४ वटा दाबीको करिब ३९ करोड १८ रुपैयाँ लाख दाबी रकममध्ये करिब ३९ लाख रुपैयाँ अग्रिम भुक्तानीसमेत गरी दाबी रकम भुक्तानी भएको प्राधिकरणले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरुलाई कबिव २ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ अग्रिम भुक्तानीसहित दाबी गरेको छ। नेपाल पुनर्बीमा कम्पनीमा परेको कुल २ हजार ८६० वटा पुनर्बीमा दाबीको दाबी रकम करिब १५ अर्ब ८१ करोड रुपैयाँ रहेको प्राधिकरणको अद्यावधिक तथ्यांक रहेको छ।

1

Scroll to Top