Banijya News

जोशी हाईड्रोपावरको ६५ प्रतिशत हकप्रद शेयर वितरण

1
1.1K Shares

जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्कासन गरेको ६५ प्रतिशत हकप्रद शेयर सम्बन्धित शेयरधनीहरुमा वितरण गरेको छ । कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा हकप्रद शेयर जम्मा गरेको हो ।

गत असार ६ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा हकप्रद शेयर जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ । कम्पनीले ३७ करोड १४ लाख रुपैयाँ चुक्तापूँजीको आधारमा ६५ प्रतिशतका दरले हुन आउने २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

६५ प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ कायम भएको छ । हकप्रदबाट संकलित रकम कम्पनीले विभिन्न बैंकबाट लिएको कर्जा भुक्तानीका लागि प्रयोग गर्ने बताएको छ ।

1

Scroll to Top