Banijya News

सुनको भाउ सामान्य घट्दा चाँदीको अहिलेसम्मकै उच्च

1
1.2K Shares

सुनको भाउ समान्य घटेको छ । सुन आज तोलामा १ सय रुपैयाँले घटेर तोलाको २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज एकैदिन १ सय रुपैयाँले बढेर तोलाको ४ हजार १ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ ४ हजार ५ रुपैयाँ थियो । यस अघि गएको बिहिवार चाँदीको भाउ तोलाको ४ हजार ८० रुपैयाँ रहेको थियो ।

1

Scroll to Top