Banijya News

सेन्चुरी बैंकको सेन्चुरि सेभिङ प्लस खाता सञ्चालनमा

1
1.1K Shares

३ पौष, काठमाडौं – सेन्चुरी कमर्शियल बैंकले नयाँ बचत खाता ‘सेन्चुरी सेभिङ प्लस एकाउन्ट’ सञ्चालनमा ल्याएको छ । रू. ५० हजार न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ६ दशमलव ५ प्रतिशतका दरले त्रैमासिक ब्याज भुक्तानी हुनेछ् । उक्त खातामा रू. १० लाखसम्मको प्राणघातक रोग÷दुर्घटना÷दीर्घकालीन अशक्तता बीमा आईएमई जनरल इन्स्युरेन्सबाट गर्ने पनि व्यवस्था छ । खाताको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले बुधवार गरेका थिए । बैंकका देशभर ११३ शाखा, १० एक्स्टेन्शन काउन्टर र १५ शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् । खातावालले नेपालका अन्य कुनै पनि बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यबस्था पनि बैंकले गरेको छ । त्यस्तै उक्त खातावाले निःशुल्क लकर सेवाका साथमा डिजिटल बैंकिङ र कर्जा सुविधामा विशेष छूट पाउनेछन् ।

1

Scroll to Top