Banijya News

युनियन लाइफ इन्सुरेन्सको दोस्रो वित्तिय विवरण सार्वजनिक नाफा २६२.९३ प्रतिशत

1
1.1K Shares

माघ २८, काठमाडौं ।
युनियन लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेडले आफनो दोस्रो वित्तिय विवरण सार्वजनिक गरेको छ् । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को दोस्रो त्रैमाससम्ममा २२ करोड ३८ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको भन्दा २६२.९३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा ६ करोड १६ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले पुस मसान्तसम्म २ अर्ब ३७ करोड १६ लाख ९५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा १३०.७७ प्रतिशतले धेरै हो ।
गत वर्ष कम्पनीले १ अर्ब २ करोड ६७ लाख ९० हजार रुपैयाँ खुद बिमा शुल्क कमाएको थियो । कम्पनीले कुल ४३ करोड २७ लाख ४८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ५६ करोड २६ लाख ९० हजार रुपैयाँ छ । जिवन बिमा कोष ९५ करोड ३३ लाख रुपैयाँबाट बढाएर ३ अर्ब ३७ करोड ७१ लाख ८० हजार रुपैयाँ पु¥याउन सफल भएको छ् ।

1

Scroll to Top