Banijya News

चन्द्र ढकाललाई गण्डकी प्रदेशको समर्थन

1
1.1K Shares

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा गण्डकी प्रदेशले वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाललाई समर्थन गर्ने निर्णय गरेको छ।

महासंघ गण्डकीका अध्यक्ष सन्जीवबहादुर कोइरालाको अध्यक्षतामा बसेको बैठकले बागलुङका ढकाललाई सर्वसम्मत रूपले वरिष्ठ उपाध्यक्षमा सघाउने निर्णय गरेको हो।

बागलुङको बलेवामा जन्मेर सानै उमेरमा व्यावसायिक सफलता हासिल गरेका ढकाल गण्डकी प्रदेशका सफल व्यवसायी रहेको भन्दै गण्डकीले निर्विरोध सघाउने निर्णय गरेको हो । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षमा चुनिने भएकोले अध्यक्षमा निर्वाचन हुँदैन। वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधान चुनावी प्रतिस्पर्धामा देखिएका छन्। प्रधानलाई वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समर्थन छ।

1

Scroll to Top