बैंशाख २४, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले कोरोना र लकडाउनको प्रभावबाट भएको क्षति अनुमान गरेर मात्र त्यस्को आधारमा मौद्रिक नीति ल्याउने तयारी गरेको छ । हाल कोरोना र लकडाउनका कारण भएको आर्थिक क्षतिको अध्ययन गरिरेहेकोले सोही क्षतिको आधारमा असार मसान्त सम्ममा मौदिक नीति ल्याउने भएको हो ।
डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भने, ‘अब लकडाउन सकिएपछि कुन कुन क्षेत्रमा कति क्षति भयो भन्ने आधारमा असारमसान्तमा मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंकको छ ।
राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको संयोजकत्वमा एक समिति बनाएको छ । बैंक तथा वित्तीय संस्था नियमन विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, भुक्तानी फछ्र्योट विभाग र सबै सुपरिवेक्षण विभागका प्रतिनिधि र नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल सदस्य रहेको उक्त समितिले क्षतिको अध्यान गरेर मौद्धिक नीतिमा समेटिने छ । सो समितिले लकडाउन अवधिमा पर्यटन, होटल, वायुसेवा, उद्योगलगायत क्षेत्रमा बेहोर्नु परेको क्षतिबारे अध्ययन गरी कर्जा प्रवाहलगायतको तथ्यांक संकलन गर्दे आएको छ ।


