Banijya News

उत्पादन गरेका कृषि उपजहरुको ढुवानी र बिक्री वितरण अवरोध नगर्नुः मन्त्रालय

1
1.1K Shares

किसानले उत्पादन गरेका कृषि उपजहरुको ढुवानी र बिक्री वितरण अवरोध नगर्नः मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानले उत्पादन गरेका कृषि उपजहरुको ढुवानी र बिक्री वितरण नरोक्न सम्बद्ध सबैमा आग्रह गरेको छ ।

केही स्थानमा अन्यत्र जिल्लामा उत्पादित वस्तुहरुको ढुवानी र बिक्री वितरण गर्न नदिई जफत गरी नष्ट गरिएको सम्बन्धमा ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले यस्तो नगर्न आग्रह गरेको हो । यस्ता कार्यहरुले उत्पादित कृषि उपज खेर जाने मात्र नभई कृषकको मनोबल खस्कने, उत्पादनमा गिरावट आउने र पुनः आयातमा भर पर्नुपर्ने अवस्था आउने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कृषि उपजको ढुवानी र बिक्री वितरणमा अवरोध नगर्न आग्रह गर्दै आएको हो । आगामी दिनमा यस्ता कार्य हुन नदिन र कृषकका उत्पादनहरु सहज रुपमा ढुवानी र बिक्री वितरण हुने व्यवस्था मिलाउन पनि मन्त्रालयले सम्बद्ध सबैलाई अनुरोध गरेको छ । मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गरी कृषि तथा पशुपन्छीका उपजहरुको ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन भनेको छ ।

1

Scroll to Top