Banijya News

नेप्से २ दशमलव ६२ अंक घटेर १४६२.४८ विन्दुमा

1
1.0K Shares

साउन १२, काठमाडौं । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से २ दशमलव ६२ अंक घटेर परिसुचक १ हजार ४६२ दशमलव ४८ विन्दुमा झरेको छ । सोमवार लगानीकर्ताहरुले नाफा सुरक्षित गर्न थालेपछि नेप्से सामान्य अंक घटेको हो ।

साेमबार कारोबार रकम पनि घटेको छ । आइतबार एक अर्ब ९४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा साेमबार एक अर्ब ८१ करोड रुपैयाँ बराबरका ४२ लाख ५७ हजार कित्ता शेयर किनबेच भएका छन् ।

साेमबार विकास बैंक, उत्पादनमूलक, अन्य र माइक्रोफाइनान्स समूहको उपसूचक बढेको छ भने बैंकिङ, होटल, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमालगायत समूहको उपसूचक घटेका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै १७ करोड ४४ लाख १९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यस दिन ८७ कम्पनीको ४२ लाख ५७ हजार १६१ कित्ता शेयर २८ हजार ४९५ पटकमा १ अर्ब ८१ करोड बराबरको शेयर खरीदविक्री भएको छ । सोमवार सर्वाधिक कारोबार गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको १७ करोड ४४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।


कारोबारमा आएका १२ ओटा समूहमध्ये विकास बैंक समूहको परिसुचक शून्य दशमलव २३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव १८ प्रतिशत, अन्य समूहको शून्य दशमलव ७१ प्रतिशत र लघुवित्त समूहको परिसुचक शून्य दशमलव ५ प्रतिशत बढेको छ भने बाँकी समूहको परिसुचक घटेको छ ।

सबैभन्दा बढी जोशी हाइड्रोपावर कम्पनीको १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५५ पुगेको छ । त्यसैगरी दोस्रोमा एनआईसि एशिया लघुवित्तको शेयर मूल्य ४ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ ।

सोमवार सबैभन्दा बढी निर्जीवन बीमा कम्पनीको परिससुचक २ दशमलव १८ प्रतिशतले घटेको छ । यसदिन सबैभन्दा बढी कर्पोरेट डेभलपमेण्ट बैंकका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ९ दशमलव ५२ प्रतिशत घटेको छ । त्यसै गरी ओरियण्टल होटलको शेयर मूल्य ६ दशमलव ८१ प्रतिशत घटेको हो ।

1

Scroll to Top