Banijya News

नेपालको सार्वजनिक ऋण २४ खर्ब नजिक

1
1.0K Shares

 नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म पौने २४ खर्ब पुगेको हो ।
नेपालको सार्वजनिक ऋण हरेक वर्ष बढ्दो क्रममा छ ।

असार मसान्तसम्म २२ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको नेपालको सार्वजनिक ऋण बढेर फागुन मसान्तसम्म आइपुग्दा २३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको हो । चालू आर्थिक वर्षको ८ महिनामा ९२ अर्ब ८३ करोड रुपैयाँले ऋण बढेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको ऋणको दायित्व २३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको हो ।
यो अवधिमा आन्तरिक ऋणको साँवा व्याज १६ अर्ब ५३ करोड रुपैयाँ भुक्तानी भएको छ भने बाह्य ऋणको सावा ब्याज ३ अर्ब ७३ करोड रुपैयाँ भुक्तानी भएको छ ।
कुल ऋणमध्ये आन्तरिक तर्फ ११ खर्ब ८५ अर्ब ५२ करोड रुपैयाँ ऋण छ भने बाह्य ऋण १२ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।
1

Scroll to Top