Banijya News

नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ बिन्दुमा

1
1.1K Shares

कारोबारको दोस्रो दिन (सोमबार) झिनो अंकले बढेको सेयर बजार आज (मंगलबार) घटेर बन्द भएको छ ।

आज नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ बिन्दुमा झरेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स १.१६ अंक, फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ।

मंगलबार ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रुपैयाँमा खरिद बिक्री भएको छ । सोमबारको तुलनामा कारोबार रकम भने ७४ करोड ८३ लाख रुपैयाँले बढेको हो ।

कारोबारमा आएका १३ मध्ये ३ उपसमूहगत सूचक बढेको छ भने १० ओटा घटेको छ । लघुवित्त २ प्रतिशतभन्दा बढी बढेको छ भने उत्पादन तथा प्रशोधन सर्वाधिक १.३८ प्रतिशत घटेको छ।

यस दिन पनि शिवम् सिमेन्ट कारोबार रकमका आधारमा शीर्ष स्थानमा छ। कम्पनीको २५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै सोनापुर मिनरल्स एण्ड आयलको १८ करोड ८९ लाख, गोर्खाज फाइनान्सको १५ करोड ८२ लाख, घोराही सिमेन्टको १० करोड १६ लाख र नेपाल फाइनान्सको ९ करोड ५५ लाख रुपैयाँको सयर किनबेच भएको छ ।

बजार घटेपनि बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी, सर्वोत्तम सिमेन्ट र धौलागिरी लघुवित्तको गरी तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै इन्फिनिटी लघुवित्त, भगवती हाइड्रोपावर र युनिक नेपाल लघुवित्तको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

उता कारोबारमा आएको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य सर्वाधिक ७.०८ प्रतिशत घटेको छ ।

मंगलबार कुल बजार पुँजीकरण् ३२ खर्ब ४९ अर्ब ५० करोड ३६ लाख रुपैयाँमा सेमटिएको छ ।

 

1

Scroll to Top