Banijya News

जेनजी आन्दोलनपछि सारिएको लगानी बोर्डको कार्यालय साविककै स्थानमा फिर्ता

1
1.0K Shares

जेनजी आन्दोलनपछि अस्थायी रूपमा काठमाडौँ उपत्यका विकास प्राधिकरणमा सारिएको लगानी बोर्ड नेपालको कार्यालय पुनः साविककै स्थानमा फर्किएको छ।

बोर्डले सोमबारदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा रहेको साविकको संसद् क्यान्टिन भवनबाट कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ।

गत वर्ष आन्दोलनका क्रममा संसद् भवनमा भएको तोडफोडका कारण लगानी बोर्डको कार्यालयमा पनि क्षति पुगेपछि कार्यालय अस्थायी रूपमा अन्यत्र सारिएको थियो।

बोर्डले सूचना प्रकाशित गर्दै आगामी ११ साउनदेखि सोही स्थानबाट नियमित सेवा प्रवाह सुरु हुने जानकारी दिएको छ।

 

1

Scroll to Top