महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
लघुवित्तले संस्थापक समूहका सेयरधनीहरुको नाममा रहेको १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
लघुवित्तको सेयरमा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिइएको छ । उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले केन्द्रीय कार्यालय सागाँ, काभ्रेपलाञ्चोक वा शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड लेखनाथमार्ग, ठमेल, लेखनाथमार्ग, ठमेल, काठमाडौंमा आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले आफूले खरिद गर्ने शेयर कित्ता संख्याको व्यहोरा खुलाई ३५ दिनभित्र निवेदन पेस गर्नु पर्ने छ ।


