Banijya News

मूल्य समायोजनको माग गर्दै महासंघको धर्ना

1
1.0K Shares

नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो पूर्वनिर्धारित आन्दोलनको कार्यक्रमअनुसार आज खानेपानी तथा ढल व्यवस्थापन विभाग र शहरी विकास तथा भवन निर्माण विभागमा ज्ञापन—पत्र बुझाउँदै धर्ना दिएको छ । पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिले निर्माण कार्य स्वतः बन्द भएको भन्दै महासंघ आन्दोलनमा होमिएको हो ।

महासंघ अन्तर्गतको एशोसिएट सदस्य समन्वय समितिको तर्फबाट दुई विभागका महानिर्देशकहरूलाई ज्ञापन पत्र बुझाइ आधा घण्टा धर्ना दिइएको हो । एशोसिएट सदस्य समन्वय समितिका संयोजक नवराज श्रेष्ठले महानिर्देशकद्धयलाई ज्ञापन पत्र बुझाउँदै मूल्यवृद्धिको कारण निर्माण उद्योगमा देखिएको विकराल अवस्था बारे अवगत गराए ।

जवाफमा महानिर्देशकद्धयले इन्धन तथा निर्माण सामाग्रीहरूमा भइरहेको मूल्यवृद्धिका कारण निर्माण उद्योग असहज अवस्थामा पुगेको स्विकार गर्दै उपयुक्त ढंगले समस्या समाधानको पहल भइरहेको जानकारी दिए । निर्माण व्यवसायीहरूले राहत महसुस गर्ने गरी सरकारले चाँडै उपयुक्त निर्णय गर्ने महानिर्देशकद्धयको भनाइ थियो ।

मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्रीहरू, ढुवानी तथा श्रमिक लागतमा अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धि भएको छ । यसले गर्दा निर्माण कार्य बन्द हुने अवस्थामा छ ।

महासंघका महासचिव शिवहरि घिमिरेका अनुसार, महासंघको निर्देशनमा हाल सातै प्रदेशका निर्माण व्यवसायी महासंघ र ७७ जिल्ला निर्माण व्यवसायी संघहरूले मूल्य समायोजनको माग सहित आन्दोलनका विविध कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

1

Scroll to Top