Banijya News

धितोपत्र बोर्ड अध्यक्षको सर्टलिस्टमा चार जना, को को परे ?

1
1.0K Shares

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नाम सिफारिसका लागि गठित सिफारिस समितिले संक्षिप्त सूची तयार गरेको छ । आवेदक ४७ जनामध्येबाट चार जना छनोटमा परेका छन् । समितिले डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपाल भट्टलाई छनोट गरेको हो । यी चार जनालाई समितिले जेठ ८ गते छुट्टाछुट्टै छलफलका लागि अर्थमन्त्रालयमा बोलाएको छ ।

समितिले यी चार जनामध्येबाट कम्तीमा तीन जनाको नाम अध्यक्षका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । समितिले सिफारिस गरेकामध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्ष नियुक्त गर्नेछ ।

अध्यक्षका लागि छनोट भएका चार जनामध्येका भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । त्यस्तै, छनोट भएका क्षेत्री पनि राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । केही समय अघिमात्र अवकाश पाएका अधिकारी धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक हुन् । त्यसैगरी, छनोट भएका आचार्य बोर्डका बहालवाला कार्यकारी निर्देशक हुन् ।

तत्कालीन सरकारले २०८१ मंसिरको दोस्रो साता सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको थियो । तर, उनले गत वैशाख ४ गते राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै वैशाख ८ गते बसेको मन्त्रीपरिषद् बैठकले तीन सदस्य सिफारिस समिति गठन गरेर प्रक्रिया अघि बढाएको थियो ।

1

Scroll to Top