Banijya News

तरलता व्यवस्थापनको लागि बजारबाट ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

1
1.0K Shares

तरलता व्यवस्थापन गर्नको लागि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको छ । केन्द्रिय बैंकले ५६ दिनको लागि रकम उठाउन लागेको हो ।

बैंकले बुधबार दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ । राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप संकलनमा सहभागी हुन पाउँनेछन् । आज संकलन भएको रकमको साँवा तथा ब्याज भुक्तानी आउँदो साउन १३ गते हुने सुचनामा उल्लेख गरेको छ ।

1

Scroll to Top