Banijya News

सूर्योदय वोमी लघुवित्तको ३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

1
1.0K Shares

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले ३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक शेयरधनी मनोज बरालको नाममा रहेको ३ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागिएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आजको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ ।

हालका लागि सो शेयरमा विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक शेयर खरिद गर्न तोकिएको समयभित्र हाल कायम संस्थापक शेयरधनीहरुको निवेदन नपरे प्रचलित नियमानुसार संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्रीका लागि आवश्यक कारबाही अघि बढाइने बताइएको छ ।

1

Scroll to Top