Banijya News

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न

1
1.0K Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यले चालू आर्थिक वर्ष २०८२/०८३ मा सात वटै प्रदेशमा रहेका आफ्‌ना १४८ शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ ।

बैंकले कोशी प्रदेशका २०, मधेश प्रदेशका २१, बाग्मती प्रदेशका ४३, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ९ तथा सुदूरपश्चिम प्रदेशका १० शाखाहरू मार्फत् विभिन्न उमेर समूहका व्यक्ति, महिला, विद्यार्थी, कृषक, मजदूर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू र अन्य समूहका गरी विभिन्न वर्गलाई वित्तीय साक्षरताका विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । यसबाट करिब दश हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरेको बताइएको छ ।

कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्दै डिजिटल बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको छ । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ प्रणाली मजवुत हुने र उपस्थित सम्पूर्णमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । आफ्ना शाखा कार्यालयहरुमार्फत् बैंकले विभिन्न सामुदायिक विद्यालय, स्थानीय स्वास्थ्य केन्द्र लगायत विभिन्न संघ संस्थालाई सहयोग प्रदान गरेको हो । यसअन्तर्गत बैंकको सार्केगाड शाखाले सार्केगाड गाउँपालिका–४ मा अवस्थित श्री हिमज्योति माध्यमिक विद्यालयका बालविकासदेखि कक्षा ८ सम्मका १९६ गरिब तथा जेहेन्दार बालबालिकाहरुलाई विद्यालय पोशाक तथा न्यानो स्वेटर उपलब्ध गराएको छ ।

1

Scroll to Top