Banijya News

प्रधानमन्त्री शाहले आज हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने

1
1.1K Shares

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज बुधबार नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् ।

नेपालको हस्तकला, त्यसको विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११ः३० बजे छलफलको कार्यक्रम तय भएको बताइएको छ ।

केही दिनयता प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले विभिन्न उद्योगी तथा व्यवसायी संघ–संस्थाका प्रतिनिधिसँग निरन्तर छलफल गर्दै आएका छन् । सोही क्रममा हस्तकला क्षेत्रका सम्भावना, रोजगारी सिर्जना, नेपाली मौलिक उत्पादनको ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजार विस्तारका विषयमा महासंघसँग छलफल हुन लागेको बुझिएको छ ।

छलफलमा महासंघका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न धाख्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी रहनेछन् ।

1

Scroll to Top