नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको म्युचुअल फण्ड सूचीकृत भएको छ ।
क्यापिटलको ‘एलएस होराइजन १२’ नामक फण्ड आज सूचीकृत भएको हो । प्रतिइकाई अंकित तथा चुक्तामूल्य १० रुपैयाँ कायम भएको १५ करोड इकाई नेप्सेमा सूचीकृत भएको हो ।
योसँगै उक्त फण्ड भोलि अर्थात् साउन २१ गतेदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।


