Banijya News

नेप्से सामान्य अंकले बढ्दा कारोबार रकम पनि बढ्यो

1
1.0K Shares

सेयबजार आज सामान्य अंकले बढेर बन्द भएको छ । हिजो मंगगलबार घटेर बन्द भएको नेप्से आज बुधबार ०.१८ प्रतिशत अर्थात् ४.७९ अंकले बढेर २ हजार ६६७.९७ विन्दुमा पुगेको छ ।

यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले घटेर ४६.३७ विन्दुमा झरेको छ । यस दिन फ्‌लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ इण्डेक्स ०.३० अंक घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ४ अर्ब ७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५० स्टकको सेयर किनबेच हुँदा ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सो कम्पनीको शेयरमूल्य ८७ रुपैयाँ ७० पैसा बढेर ६७२ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको हो । अन्य बढेका स्टकहरुको मूल्य वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ ।

पछिल्ला १२ कारोबार दिनदेखि निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको एभरेष्ट कलरको शेयरमूल्य यस दिन सर्वाधिक ९.०३ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावरको कारोबार सबैभन्दा धेरै भएको छ । सो कम्पनीको ५८ करोड १० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको करिब ३५ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने खानीखोला हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे २७ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.६० प्रतिशत बढेको छ । त्यस्तै, जलविद्युत् उपसमूहको परिसूचक करिब साढे ४ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।

1

Scroll to Top