Banijya News

एनएमबि बैंकले ल्यायो रियल टाइम ट्रयाकिङ प्रणाली

1
1.0K Shares

एनएमबि बैंक लिमिटेडले अनलाइन कर्जा आवेदन तथा ट्रयाकिङ प्रणाली सञ्चालनमा ल्याएको छ । बैंकले यो डिजिटल प्रणाली लागू गरेसँगै ग्राहकहरूले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् ।

नयाँ डिजिटल पोर्टलमार्फत ग्राहकहरूले जुनसुकै स्थान वा डिभाइसबाट सजिलै कर्जाको लागि आवेदन दिन र आफ्नो आवेदन कुन चरणमा पुगेको छ भनी रियल–टाइममा ट्रयाक गर्न सक्नेछन् । यसले कर्जा स्वीकृत हुने समय घटाउनुका साथै सम्पूर्ण प्रक्रियालाई पारदर्शी, सरल र वातावरणमैत्री बनाउने बैंकको विश्वास छ ।

अनलाइन कर्जा आवेदन दिन बैंकको बेवसाइटमार्फत लोन सर्भिस विकल्पमा गई एक्सप्लोर प्रडक्ट्समा क्लिक गरी आफूलाई चाहिएको कर्जा शीर्षक छनौट गरी आवश्यक विवरण भरेर फाराम बुझाउनु पर्नेछ । लगत्तै अनलाइन लोन ट्रयाकिङ आईडी प्राप्त हुने र उक्त आईडी प्रयोग गरी आफ्नो कर्जा आवेदनको स्थिति सजिलै हेर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार नेपालमा आधुनिक तथा कागजरहित बैंकिङ सेवा प्रवद्र्धन गर्ने लक्ष्यका साथ यो सेवा शुरु गरिएको हो । सम्पूर्ण कर्जा प्रक्रियालाई डिजिटलाइज गरी ग्राहकको समय बचत गर्न र दिगो तथा प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्न एनएमबि बैंक प्रतिबद्ध रहेको छ ।

एनएमबि बैंकले हाल देशभरी १९७ शाखा, १७६ एटिएम र ९ एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

1

Scroll to Top