Banijya News

सात निर्माण व्यवसायी तथा आपूर्तिकर्ता एक वर्षका लागि कालोसूचीमा

1
1.0K Shares

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा सात निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षका लागि कालोसूचीमा राखेको छ । कार्यालयले भदौ १० गतेको निर्णयअनुसार उनीहरूलाई कालोसूचीमा राखिएको जनाएको हो ।

कार्यालयका अनुसार जगन्नाथ गाउँपालिकाको सिफारिसमा नेपालगन्जस्थित रमादेवी चौधरीको न्यू जेएमबी अर्डर एण्ड सप्लायर्सलाई कालोसूचीमा राखिएको छ । यस्तै, राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सदर चिडियाखानाको सिफारिसमा काठमाडौं–१५ का टंकप्रसाद धमलाको स्वयम्भु सप्लायर्स र मन्थली नगरपालिकाको सिफारिसमा रामेछापका रत्नबहादुर नेवारको रत्न बिएस कन्स्ट्रक्सन कम्पनी कारबाहीमा परेका छन् ।

त्यसैगरी, जयपृथ्वी नगरपालिकाको सिफारिसमा धनगढीका विक्रमबहादुर बुढाको बाल्दा पेट्रोकेमिकल प्रालि, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सिफारिसमा गैरिधाराका उमेशकुमार अग्रवालको बायोमेड इन्टरनेशनल प्रालि कालोसूचीमा परेका छन् ।

बूढानीलकण्ठ नगरपालिकाको सिफारिसमा उदयपुरका रबिन बस्नेत र मनोज बस्नेतको निश्मान इन्टरनेशनल प्रालि तथा शिखर नगरपालिकाको सिफारिसमा गोकर्णेश्वर–८ का रविप्रकाश सिंहको जेडिएमआर बिल्डर्स प्रालिलाई पनि कालोसूचीमा राखिएको छ ।

कालोसूचीको अवधिभर यी व्यवसायी तथा आपूर्तिकर्ताले सार्वजनिक निकायबाट हुने कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

1

Scroll to Top