Banijya News

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

1
1.0K Shares

नेप्से परिसूचक आज बुधबार सामान्य अंक घटेर बन्द भएको छ । हिजो मंगलबार बढेर बन्द भएको नेप्से बुधबार ६.३८ अंक घटेर २५७२.३४ विन्दुमा झरेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ ।

१३ उपसमूहमध्ये बुधबार एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । आज बैंकिङ्ग उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशत घटेको छ ।

नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । मंगलबार ३ अर्ब १३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ३ अर्ब ७४ करोड ८० लाख ८० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबार भएकामध्ये घलेम्दी हाइड्रोको शेयरमूल्य सर्वाधिक ६.२५ प्रतिशत बढेको छ । त्यस्तै, एनआईसी एसिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य करिब ६ प्रतिशत बढेको छ भने इङ्वा हाइड्रोपावरको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ । कारोबारमा आएको ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य सर्वाधिक ५.२६ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३२ करोड २१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको २९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । उता, पिपुल्स हाइड्रोपावर कम्पनीको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ ।

1

Scroll to Top