मनकामना इञ्जिनियरिङ हाइड्रोपावर लिमिटेडका एक संस्थापक सेयरधनीले ठूलो परिमाणमा सेयर बिक्री गर्ने भएका छन् ।
कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार संस्थापक सेयरधनी रामप्रसाद तिमिल्सिनाले आफ्नो स्वामित्वमा रहेको ४ लाख ६० हजार २०८ कित्ता सेयर बिक्री गर्ने मनसाय व्यक्त गरेका हुन् ।
नेपाल धितोपत्र बोर्डबाट जारी निर्देशनबमोजिम आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको निश्चित सीमा वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि अग्रिम जानकारी गराउनुपर्ने व्यवस्थाअनुसार कम्पनीले उक्त विवरण सार्वजनिक गरेको हो ।


