Banijya News

न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान किन्ने सरकारको तयारी

1
1.0K Shares

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ । धान खरिदका लागि सरकारले ६७ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग आवश्यक समन्वय भइरहेको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निजी सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मोटा मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ तोकिएको छ । सोही मूल्यका आधारमा किसानबाट धान खरिद गर्ने तयारी गरिएको हो ।

सरकारले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दा किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्ने अपेक्षा गरिएको छ । यसले बजारमा धानको मूल्यमा हुने उतारचढाव र मूल्यसम्बन्धी अनिश्चितता कम गर्न सहयोग पुग्ने सचिवालयको भनाइ छ ।

कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सरकारले समर्थन मूल्यमा धान खरिद गर्ने व्यवस्था गर्दै आएको छ । यसबाट किसानलाई उत्पादनप्रति प्रोत्साहन मिल्नुका साथै कृषि पेसालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

1

Scroll to Top