सरकारी कार्यालयको समय कात्तिक १६ गतेदेखि परिवर्तन हुने भएको छ । जाडोयामको समयतालिकाअनुसार कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन् ।
नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार उक्त समयतालिका कात्तिक १६ देखि माघ १५ गतेसम्म लागू हुनेछ । शैक्षिक संस्थाबाहेक सरकारी कार्यालय तथा सार्वजनिक निकायमा यो व्यवस्था लागू हुने जनाइएको छ ।
यसअघि कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम थियो । नयाँ समयतालिकामा कार्यालय खुल्ने समय यथावत् राखिए पनि बन्द हुने समय एक घण्टा अगाडि सारिएको हो ।


