Banijya News

सुनचाँदीको मूल्य फेरि बढ्यो, कति पुग्यो प्रतितोला ?

1
1.0K Shares

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्य प्रतितोलामा ५ सय रुपैयाँले बढेको छ ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार सुन प्रतितोला दुई लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १४५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।

1

Scroll to Top