Banijya News

डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’ सार्वजनिक

1
1.1K Shares


डेल्टा अटोकर्प प्रा.लि. अन्तर्गतका प्रिमियम इटालियन स्कूटर ब्राण्ड भेस्पा र एप्रिलियाले जाडो मौसमलाई लक्षित गरी ‘चिसो विन्टर, तातो अफर’ नामक विशेष योजना सार्वजनिक गरेका छन् ।

यस अफर अन्तर्गत, भेस्पा वा एप्रिलिया स्कूटरको खरिदमा ग्राहकले ७,५०० रुपैयाँ नगद छुट वा २ वर्षको निःशुल्क मेन्टेनेन्स प्याकेजमध्ये एक छनोट गर्न सक्नेछन् ।

मेन्टेनेन्स प्याकेजमा इन्जिन आयल, एयर फिल्टर, आयल फिल्टर, निःशुल्क सर्भिस र लेभर चार्ज समावेश गरिएको छ । यस योजनाले जाडो मौसममा ग्राहकहरूको खरिदलाई थप उत्साहजनक र लाभदायी बनाउने विश्वास लिएको कम्पनीले जनाएको छ ।

यस स्किममा आकर्षक एक्सचेन्ज लाभ पनि समावेश छ, जसमा कुनै पनि दुई–पाङ्ग्रे ब्राण्डको स्कूटरमा १०,००० रुपैयाँ सम्म थप मूल्याङ्कन र एक्सचेन्जमा न्यूनतम ४०,००० रुपैयाँको ग्यारेन्टीड मूल्याङ्कन प्रदान गरिनेछ ।

स्कूटर खरिद अझ पहुँचयोग्य बनाउनका लागि, डेल्टा अटोकर्पले केवल ४.९९ प्रतिशत ब्याजदरमा फाइनान्स् सुविधा र ० प्रतिशत सर्भिस चार्जको सुविधा प्रदान गरेको जानकारी दिएको छ ।

थप, अफर अवधिभर हरेक स्कूटर खरिदमा निःशुल्क ब्रान्डेड हेलमेट र स्कूटर कभर प्रदान गरिनेछ ।

‘‘जाडोको मौसममा न्यानो खुसी बाँड्दै हामीले’ चिसो विन्टर, तातो अफर’ सार्वजनिक गरेका छौँ । प्रिमियम स्कूटर खरिदमा उल्लेखनीय बचत र भरपुर सुविधा पाउने यो नै सुनौलो समय हो । गुणस्तरीय सवारी साधनलाई सहज र किफायती मूल्यमा उपलब्ध गराउने डेल्टा अटोकर्पको प्रतिबद्धतालाई यस अभियानले नयाँ उचाइ दिनेछ,’ डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय महतो बत्ताउँछन् ।

‘चिसो विन्टर, तातो अफर’ २०८२ पौष ९ गते देखि २०८२ फागुन ८ गते सम्म सम्पूर्ण भेस्पा र एप्रिलिया शोरूमहरूमा लागु हुनेछ ।

1

Scroll to Top