Banijya News

‘मेक इन नेपाल’ एप सार्वजनिक, ४० कम्पनीको एकै लोगो

1
1.1K Shares

मेक इन नेपालः स्वदेशी अभियानको वेबसाइट तथा एप सार्वजनिक भएको छ । नेपाली बस्तुको विश्वभरीनै प्रचार गर्ने उदेश्यले यो एप सार्वजनिक गरिएको हो । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्वदेशी वेबसाइट र मोबाइल एप सार्वजनिक गरेका हुन् ।

औद्योगिक उत्पादनले अर्थतन्त्रलाई चलायमान बनाउने महसुस गरेर परिसंघले गत फागुनमा मेक इन नेपाल अभियान सुरू गरेको हो । नेपालीमा स्वदेशी उत्पादनमा आकर्षण सिर्जना गर्ने र औद्योगिक मैत्री वातावरण बनाउने अभियानको मूल उद्देश्य हो ।

नेपालको औद्योगीकरणको उद्देश्य राखेर सुरु गरिएको अभियान २०७७ फागुन २७ गते तत्कालीन् प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए । यस अभियान कार्यान्वयनका लागि नेपाल सरकार र नेपाल उद्योग परिसंघबीच २०७८ असार १० गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो । मेक इन नेपाल अभिायनमा गैँडासहितको लोगोले गुणस्तरीय उत्पादन, कम्तीमा २० प्रतिशत मूल्य अभिवृद्धि गरेको र उद्योगले सरकारका सबै नीतिगत व्यवस्था पालना गरी इथिकल बिजनेस गरेको भन्ने बुझिन्छ ।

अभियानले वर्षमा डेढ लाख रोजगारी सिर्जना गर्ने, वर्षमा एक हजार उद्योग दर्ता गर्ने, ५ वर्षमा कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदान दिने र निर्यात १ खर्बबाट बाट ४ खर्ब बनाउने लक्ष्य लिएको छ । यस्तोमा परिसंघले विदेशी सामानमा रहेको मोह कम गर्न स्वदेशी अभियान चलाएको हो ।

अब ती ४० वटै कम्पनीहरुबाट उत्पादन हुने वस्तुहरुमा सीएनआईको मेकइन नेपाल स्वदेशी अभियानको लोगो दिइएको छ । परिसंघका अनुसार हालसम्म शिवम सिमेन्ट, घोराही सिमेन्ट, गोल्डस्टार जुत्ता, डिजिटल वालेट खल्ती, सेन्चुरी मसला, हिलटेक इन्ड्रस्टीज, गार्खा इको प्यानल, हुलास स्टिल लगायत ४० वटा कम्पनीहरु यस अभियानको सदस्यको रुपमा जोडिएका छन् ।

स्वदेशी वस्तु उत्पादन गर्ने कम्पनीले आवेदन दिए अनुसार मापदण्ड पुरा गरेकाहरुलाई स्वदेशी लोगो राख्न अनुमति दिएको परिसंघको भनाई छ ।

1

Scroll to Top