Banijya News

कतार एयरवेज र ग्लोबल आइएमई बैंकबिच हवाई टिकटमा छुट दिने सम्झौता

1
1.1K Shares

१ मंसिर, २०७६, काठमाडौं । ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच ग्लोबल आइएमई बैंकका ग्राहकलाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच सम्पन्न सम्झौतामा बैंकका बजार तथा व्यवसाय प्रवर्द्धन विभाग प्रमुख शान्ता शिवाकोटी तथा कतार एयरवेजको तर्फबाट कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर मोहमद एल इमामले आइतबार हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार कतार एयरवेजले बैंकको कार्ड प्रयोगकर्तालाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिने जनाएको हो ।
हवाई टिकटको बेस रेटमा लागू हुने यो छुट कतार एयरवेजको उडान हुने विभिन्न देशमा लागू हुनेछ ।

1

Scroll to Top