Banijya News

नयाँ नेपाल लघुवित्तको साधारण सभा पुस १९ गते

1
1.1K Shares

२५ मंसिर, २०७६, काठमाण्डौ । नयाँ नेपाल लघुवित्त वित्तिय संस्थाको वार्षिक साधारण सभा पुस १९ गते हुने भएको छ । सभा धुलिखेल काभ्रेमा बिहान ११ बजे शुरु हुने भएको हो । कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभाको अन्य प्रस्तावमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, संस्थाको जारी, चुक्ता तथा अधिकृत पूँजी वृद्धि गर्ने, एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरु एक आपसमा गाभ्ने गाभिन तथा मर्जरको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका पुस ३ गतेदेखि १९ गतेसम्म बन्द रहनेछ । पुस २ गते सम्ममका कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले शेयरधनीको लागि गत आर्थिक वर्षेको मुनाफबाट हाल कायम चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने भएको छ । साथै, कम्पनीले अन्य कम्पनीलाई गाभेपश्चात कायम हुने चुक्तपूँजीको १ बराबर १ को अनुपातमा हकप्रद पनि जारी गर्ने भएको छ ।

1

Scroll to Top