Banijya News

बम्पर लाभांश पारित गर्न मिर्मिरे लघुवित्तले डाक्यो वार्षिक साधारणभा

1
1.1K Shares

पौष ६, काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बम्पर लाभांश पारित गर्न र्मिमिरे लघुवित्त वित्तीय संस्थाको हिजो शनिबार बसेको सञ्चालक समितिको बैठकले संस्थाको नवौँ वार्षिक साधारणभसा पुस २८ गते सोमबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मिराबल रिसोर्ट एन्ड होटलमा हुने भएको छ ।
सभामा मुख्य अजेन्डाका रुपमा पेस गरिने गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल ४७.२६ प्रतिशत लाभांश अनुमोदन हुनेछ । संस्थाले चुक्तापुँजी १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँको ४५ प्रतिशत अर्थात ५ करोड ७९ लाख ५३ हजार ८८० रुपैयाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।
त्यस्तै बोनस सेयरको कर प्रयोजनका लागि संस्थाले २.३६ प्रतिशत अर्थात ३० लाख ५० हजार २०४ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव पनि गरेको छ । बोनस सेयर वितरण पछि चुक्ता पुँजी वृद्धि १८ करोड ६७ लाख ४० हजार २८० रुपैयाँ पुग्नेछ ।

1

Scroll to Top