Banijya News

एनसेलले ल्यायो ‘टुरिष्ट सिम’

1
1.1K Shares

०८ माघ, २०७६, काठमाण्डौ
एनसेल प्रालिले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकको लागि एनसेलको नयाँ योजना’टुरिष्ट सिम’ल्याएको छ ।
योे योजना बुधबार ९माघ ८ बाट संचालनमा आएको छ ।
यस योजना अन्तर्गत टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम र डेटा बन्डलिङ गरिएको प्याकहरु लिन सकिनेछ ।

नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले कर सहितमात्र रु १०० मा टुरिष्ट सिम सहितको स्टार्टर प्याक लिन सक्नेछन् । यो प्याकमा पर्यटकले रु ३० मेनब्यालेन्स र तीनदिन समयावधि भएको १ जिबी डेटा पाउँछन् ।

यो सिमको विषेशता भनेको यसमा पे यज यु यो रेट लागु हुदैन र पर्यटकहरुले आफ्नो नेपालको बसाई र सेवाको आवश्यकता बमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीन देखि तिस दिन सम्म समय सीमा रहेका विभिन्न पाँच कम्बो प्याकमध्ये कुनै एक प्याक लिन सक्छन् ।

विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुका लागि अल नेटवर्क टक टाइम रहेको भ्वाइस र डेटा सेवा बण्डल गरी नयाँ ‘टुरिष्ट सिम’ योजना संचालनमा ल्याउन पाएकोमा कम्पनी हषिर्त रहेको एनसेलले जनाएको छ ।

टुरिष्ट सिमएनसेलका एनसेल सेन्टरहरु, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउण्टर र देशका विभिन्न भागमा रहेका ९० वटा पोइन्ट अफ सेल्सहरुबाट लिन सकिनेछ ।

1

Scroll to Top