Banijya News

नेपाल बिल्डकन अन्र्तराष्ट्रिय प्रदर्शनी भृकुटीमण्डपमा हुने पक्का

1
1.2K Shares

२२ माघ, काठमाडौं ।
छैटौं ‘नेपाल बिल्डकन अन्र्तराष्ट्रिय प्रदर्शनी २०२०’ शुरू हुने पक्का भएको छ । माघ २४ गतेदेखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने उक्त प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाई रहेको छ ।
मिडिया स्पेस सोलुशन्स र फ्यूचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्सले संयुक्त रूपमा आयोजना गर्न लागेको उक्त प्रदर्शनीमा विभिन्न १५ देशका ३०० भन्दा बढी ब्रान्डका २०० भन्दा बढी स्टल हुनेछन् । प्रदर्शनीमा सहभागी हुने कम्पनीमध्ये ५० प्रतिशत स्वदेशी र ५० प्रतिशत विदेशी हुने आयोजकको भनाइ रहेको छ ।
विगतका प्रदर्शनीले नेपालको निर्माण क्षेत्रको विकास, पुननिर्माण तथा आधुनिकीकरणमा टेवा पुर्याएको हुँदा प्रदर्शनीमा निर्माण कम्पनी, डीलर, सब–डीलर र विक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे र निर्माण क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको प्रदर्शनी बारे जानकारी गराउने आयोजकको योजना छ ।
उक्त प्रर्दशनिमा घर निर्माणका लािग चाहिने झ्याल, ढोका, आर्किटेक्चरल हाडवेयर, पाइप, टाइल, प्री इन्जिनीयरिङ बिल्डिङ, पावर टूल्स, कन्क्रिट बल्क मेशिनरी म्यानुफ्याक्चरस, आल्मुनियम कम्पोजिट प्यानेल्स लगायत निर्माण प्रविधिका सामग्रीको प्रदर्शनी गर्ने आयोजकको तयारी छ ।
सोसाइटी अफ नेप्लिज आर्किटेक्स ,सोसाइटी अफ कन्सल्टिङ , आर्किटेक्चरल एन्ड इन्जिनीयरिङ फर्म, इन्टेरियर डिजाइनर एशोसिएशन अफ नेपाल र कन्फिड्रिएशन अफ इन्डियन इन्डस्ट्री आदी सहयोगी संस्थाहरू रहेका छन् ।
कार्यक्रममा घर बनाउन चाहने व्यक्तिसहित निर्माण क्षेत्रमा काम गरिरहेका आर्किटेक्ट, इन्जिनीयर, कन्ट्र्याक्टर, विल्डर तथा इन्टेरियर डिजाइनरहरूको सहभागिता हुने उनको भनाइ छ ।
उक्त प्रर्दशनि मार्फत नेपालमा भइरहेका निर्माणसम्बन्धी कार्यहरूमा सकारात्मक भूमिका निर्वाह गर्नुका साथै निर्माण क्षेत्रमा नयाँ प्रविधि भित्र्याउनु र नेपालमा उपलब्ध निर्माण सामग्री तथा प्रविधिलाई विदेशी संस्थासामु देखाउने आयोजकको लक्ष्य रहेको छ ।

1

Scroll to Top