Banijya News

भट्टराइ परिवारलाई चलचित्र आमा’को तर्फबाट आर्थिक सहयोग

1
1.1K Shares

०५ फागुन, काठमाण्डौ ।
चलचित्र विकास बोर्डका अध्यक्ष तथा चलचित्र निर्माता स्वर्गीय केशव भट्टराइको निधन पछि उनको परिवार आर्थिक संकटमा परेसंगै फिल्म ‘आमा’को तर्फबाट निर्माता शर्मिला पाण्डेले आर्थिक सहयोग गरेकी छिन्
केशव भट्टराइको निधनपछि आर्थिक संकटमा रहेको परिवारलाई आइतबार फिल्मका निर्देशक दीपेन्द्र खनाल, कलाकार मिथिला शर्मा सहित निर्मात्री पाण्डेले भट्टराई पत्नी नीता भट्टराइलाई भेटेर १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेकी हुन् ।
भट्टराइको परिवार आर्थिक समस्यामा रहेको खबर बाहिरिएसंगै अहिले चलचित्रकर्मीहरुले आर्थिक सहयोग गरिरहेका छन् । त्यस्तै पाण्डेले उनका परिवार आर्थिक समस्यामा रहेको समाचार मिडियाबाट थाहा पाएर आफु सहयोग गर्न आएको बताइन् ।
सहयोग रकम हस्तान्तरण पश्चात पाण्डेले आफू पनि आमा भएकाले आमाको समस्या बुझेर सहयोग गरेको उल्लेख गरेकी छिन् ।

1

Scroll to Top